रेमिट्यान्सको भरमा मात्र नपरौं, निर्यातकर्तालाई सुविधा दिएर निर्यात प्रवर्द्धन गरौं : गोल्छा (भिडिओ) – Nepal Press

रेमिट्यान्सको भरमा मात्र नपरौं, निर्यातकर्तालाई सुविधा दिएर निर्यात प्रवर्द्धन गरौं : गोल्छा (भिडिओ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्यातसम्बन्धी हरेक कार्यक्रमहरु मुलुकको अर्थतन्त्रसँग महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल निर्यात परिषद्को २५ औं वार्षिक साधारणसभा तथा ७ औं निर्यात दिवसका अवसरमा बिहीबार काठमाडौंमा अयाोजित निर्यातयोग्य वस्तुहरुको मेला तथा प्रदशर्नी उद्घाटन गर्दै गोल्छाले अहिले रेमिट्यानन्सको भरमामात्रै अर्थतन्त्र चलिरहेको अवस्थामा निर्यातसम्बन्धी हरेक कार्यक्रमहरु महत्वपूर्ण हुनुपर्ने बताएका हुन् ।

उनले सरकारले निर्यातलाई बढावा दिने हरेक कार्यक्रमका साथै आवश्यक नियमावली बनाएपनि निर्यातकर्ताले सुविधाहरु नपाएको गुनासो गरेकाले छिटै यसलाई सम्बोधन गर्नुपर्ने बताए । गोल्छाले महासंघको भिजन पेपरमा पनि निर्यात बढाउँदै उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिएको जानकारी दिए ।

प्रदर्शनी काठमाडौंको छाँया सेन्टरमा दुई दिनसम्म चल्ने परिषद्ले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *