आईस्पानको चेतावनी- पोखरा र आसपासका क्षेत्रहरुमा इन्टरनेट जतिबेला पनि काटिन सक्छ – Nepal Press

आईस्पानको चेतावनी- पोखरा र आसपासका क्षेत्रहरुमा इन्टरनेट जतिबेला पनि काटिन सक्छ

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) ले पोखरामा जतिबेला पनि इन्टरनेट काटिन सक्ने चेतावनी दिएको छ । आज आईस्पानले एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।

‘अहिले पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य सञ्चालन केन्द्रमा नेपाल विद्युत प्राधिकरणले छानेरै विद्युत विच्छेद गरेको छ । हामी सेवा प्रदायकहरुले हरसम्भव प्रयास गर्दा पनि सञ्चालन सुचारु गर्न नसक्ने अवस्था आएकोले कुनै पनि समयमा पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने छ । यसको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिई क्षतिपूर्ती समेत दिनुपर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

नेपाल विद्युत् प्राधिकरण र आईस्पानको लामो समयदेखि पोल भाडा विवाद रहेको छ । विद्युत् प्राधिकारणले एकतर्फी पोलभाडा बढाएकाले इन्टरनेट सेवा प्रदायकहरु समस्यामा परेको बताउने गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *