दीपाको सिउँदोमा सिन्दूर, रिल कि रियल ? (भिडिओ) – Nepal Press

दीपाको सिउँदोमा सिन्दूर, रिल कि रियल ? (भिडिओ)

काठमाडौं । यतिबेला अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको एउटा भिडिओ निकै भाइरल बनेको छ । विदुर न्यौपाने६५ टिकटक आइडीबाट सार्वजनिक भएको भिडिओ बजार तताएको हो ।

भिडिओमा भालेश्वर मन्दिरका पुजारी न्यौपाने, अभिनेता दीपकराज गिरीसँगै निरौला पनि छन् । भिडिओको खास चर्चा हुनुको कारण चाहिँ दीपाको सिउँदोको सिन्दूर र उनको पहिरन हो ।

निर्देशक, निर्माता तथा अभिनेता दीपकराज गिरीसँग चन्द्रागिरि पुगेकी दीपाश्रीको सिउँदो रंगिएको टिकटक भिडियो सार्वजनिक भएपछि यतिबेला उनी भाइरल बनेकी छन् ।

कतिपयले अविवाहित रहेकी दीपाले मन्दिर पुगेर सिन्दूर किन लगाएको होलान् भनेर उत्सुकता प्रकट गरिरहेका छन् भने कतिपयले उक्त पोष्ट कुनै फिल्मको छायाङ्कन हुन सक्ने अड्कल काटेका छन् ।

भालेश्वर मन्दिर छेउ सिन्दूर लगाएर रातो सारीमा सजिएकी दीपाले के विवाह गरेकी हुन त ? वर्षौँदेखि कहिले विवाह गर्ने भन्ने प्रश्नको सामना गरिरहेकी दीपाले अब भने सबैलाई चुप लगाएकी नै हुन ?

यसको उत्तर हो, होइन । उनको विवाहको भिडिओ यो होइन । छायाङ्कन भइरहेको चलचित्र ‘छक्कापञ्जा ४’को गीतको सुटिङका लागि चन्द्रागिरि पुगेको समय बनाइएको भिडियो हो।

भालेश्वरका पुजारी विदुर न्यौपानेले उक्त भिडियो टिकटकमा पोस्ट गरेका थिए । चन्द्रागिरि पुग्ने अधिकतम सेलिब्रिटीसँग टिकटक भिडियो बनाउने भालेश्वरका पुजारी न्यौपानेले दीपक–दीपा पुग्दा उक्त भाइरल भिडियो बनाएका थिए।

दीपक–दीपाको सार्वजनिक भएको सो लुक्स ‘छक्कापञ्जा ४’को एक गीतको लुक्स हो।

फागुन १९ गतेबाट देशभर रिलिजको तयारीमा रहेको ‘छक्कापञ्जा ४’को गीत छायांकनका लागि दीपक–दीपासँगै निर्माता निर्मल शर्मा पनि चन्द्रागिरि पुगेका थिए ।

@bidurneupane65 भालेश्वोरको दर्शन गर्न आया हो, गुरुबा सग भेट भया हो, भालेश्वोरले हामी सबलाई रक्षा गरुन, जय हो🙏🙏 @deepak_rajgiree @deepashreeniraula #जय_भालेश्वोर_महादेव🙏🙏 #हुन्छ_पूरा_चिताएको_कुरा🙏 #भालेश्वोर_महादेव_मन्दिर_चन्द्रागिरि🙏 #bidurguru #bidurneupane #chandragiricablecar #chandragiri_hills ♬ original sound – Bidur Neupane (मूल पुजारी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *