न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार : गृहमन्त्री लामिछाने (भिडिओ) – Nepal Press

न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार : गृहमन्त्री लामिछाने (भिडिओ)

काठमाडौं । न्यूनतम साझा कार्यक्रमपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

सरकारको न्यूनतम कार्यक्रमका विषयमा बैठकमा छलफल भएको र कार्यक्रम पारित भएपछि मात्रै सरकार विस्तार हुने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए ।

अहिले ८ सदस्सीय मन्त्रिमण्डल छ ।

शुक्रवार न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी भएको छ ।

उनका अनुसार राष्ट्रियसभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रियसभा सदस्य रिक्त रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर