राष्ट्रियसभाको रिक्त एक सीटका लागि माघ २५ मा निर्वाचन – Nepal Press

राष्ट्रियसभाको रिक्त एक सीटका लागि माघ २५ मा निर्वाचन

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रियसभा सदस्य सीटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको मन्त्री दामोदर भण्डारीले जानकारी दिए ।

लुम्बिनीबाट निर्वाचित खिमलाल भट्टराईले चुनाव लड्न राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सीट रिक्त छ ।

मन्त्रिपरिषद्को निर्णयको औपचारिक निर्णय भने शुक्रबार सरकारका प्रवक्ता विष्णु पौडेलले सार्वजनिक गर्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । उनले सरकारको न्युनतम कार्यक्रमका विषयमा बैठकमा छलफल भएको र शुक्रबार नै अन्तिम रूप दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर