ब्रोकर एशोसिएशनको अध्यक्षमा दुई जना आकांक्षी, सहमतिमै चयनको प्रयास – Nepal Press

ब्रोकर एशोसिएशनको अध्यक्षमा दुई जना आकांक्षी, सहमतिमै चयनको प्रयास

काठमाडौँ । स्टक ब्रोकर एसोसिएसनले नयाँ नेतृत्व चयन गर्दै छ । एशोसिएशनको २८ औ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन हुनेछ ।

शुक्रवार (पुस२२) उद्घाटन सत्र र शनिवार निर्वाचनको समय निर्धारण भएको छ । हालका उपाध्यक्ष धर्मराज सापकोटा र महासचिव गुणनिधि भुसाल अध्यक्षका लागि चुनावी मैदानमा छन् ।

सापकोटाको ३७ नम्बर स्वर्णलक्ष्मी सेक्युरिटिज हो भने भुसालको ५७ नम्बरको आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज प्राल हो ।

यस अघिको वार्षिक साधारणसभाले अध्यक्षमा सन्तोष मैनालीलाई निर्विरोध निर्वाचित गरेको थियो । एशोसिएशनले कुनै वर्ष निर्विरोध र कुनै वर्ष चुनाव गराएर नेतृत्व चयन गर्दै आएको छ । यस पटक पनि सहमतिमा जाने प्रयास गरिरहेको अध्यक्षका आकांक्षी गुणनिधि भुसालले जानकारी दिए ।

निवर्तमान अध्यक्ष भरत रानाभाटले अध्यक्षको टुंगो लागेपछि मात्र अन्य पदाधिकारी को को आउने भन्ने सार्वजनिक हुने जानकारी दिएका छन् ।

‘केही वर्तमान कार्यसमितिबाट दोहोरिने र केही नयाँ पनि आउन सक्ने सम्भावना देखिएको छ । तर उहाँहरूले कुन पदको दाबेदार हो भन्ने खुलाएका छैनन्,’ रानाभाटले भने ।

एसोसिएसनमा हाल ५८ ब्रोकर सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *