वागमतीको मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिए सोमबार ४ बजेसम्मको समय – Nepal Press

वागमतीको मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिए सोमबार ४ बजेसम्मको समय

काठमाडौं । वागमतीमा सरकार गठनका लागि आव्हान गरिएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय सीमा तोकेका छन् ।

कुनै एक दलको स्पष्ट बहुमत नभएकाले यस प्रदेशमा पनि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीको नाम मागिएको हो ।

वागमती प्रदेशममा ११० जना सांसद रहेका छन् । सरकार गठनका लागि प्रदेशमा सामान्य बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक पर्छ । सत्तागठबन्धनमा रहेको एमालेको २७, माओवादी केन्द्रको २१ र राप्रपाको १३ सांसद छन् । यी ३ दलको मत जोड्दा वागमती प्रदेशमा नयाँ गठबन्धनसँग ६१ मत पुग्छ । वागमती प्रदेश सरकारको नेतृत्वमा एमाले, माओवादी र राप्रपाको पनि दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर