माधव नेपाल भन्छन्- जनता हाम्रै पक्षमा थिए, तर बाकसमा मत खसाल्न सकेनौं – Nepal Press

माधव नेपाल भन्छन्- जनता हाम्रै पक्षमा थिए, तर बाकसमा मत खसाल्न सकेनौं

थ्रेसहोल्ड कटेको भए हामीलाई हेलिकप्टर दिन्थे कि रकम ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले थ्रेसहोल्ड नकटाए पनि कुनै फरक नपरेको बताएका छन् ।

युवा संघ नेपालले काठमाडौंमा आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै नेता-कार्यकर्ताको कारणले राष्ट्रिय पार्टी बन्न नसकेको बताए ।

‘हामीले १० सीट जितेका छौँ । हामी आफ्नो कमजोरीले मत बाकसमा खसाल्न सकेनौँ । जनताको मत हाम्रो पक्षमा नभएको होइन । हाम्रो नेता कार्यकर्ताहरू जान सकेनन् । हाम्रो नेता कार्यकर्ताको कारणले हामीले ३ प्रतिशत कटाउन सकेनौँ’ उनले भने, ‘तर, थ्रेसहोल्ड नकटाए पनि हामीलाई केही पनि छैन । थ्रेसहोल्ड पार गरेको भए हामीलाई हेलिकप्टर दिन्थ्यो कि हवाइजहाज दिन्थ्यो कि ? केही दिनेवाला थिए । पार्टी अफिस वा रकम दिने भन्ने पनि केही कुरा छैन ।’

उनले राष्ट्रिय पार्टी नबने पनि पार्टीका सांसदहरूलाई ह्वीप लाग्ने बताए । सबै एकजुट भएर लाग्न सकेको भए २५ सीट आसपास पुग्नसक्ने देखिएको नेता नेपालको दाबी छ ।

‘कतिपय देशहरूमा त्यस्तो छ । सीटको आधारमा सरकारले नै रकम दिने व्यवस्था छ । तर, हामीकहाँ त्यो छैन । दर्ता भएको पार्टी भएकाले आफ्नो पार्टीका सांसदहरूलाई ह्वीप लाग्छ’ उनले भने, ‘पहिला पनि त्यो नजिर स्थापित भइसकेको छ । त्यसैले त्यो भ्रममा पर्न हुँदैन । तर, थ्रेसहोल्ड कटाउन सकेको भए हामी २५ सीट हाराहारीमा पुग्यौँ भन्ने लागेको थियो ।’

उनले नेता कार्यकर्तालाई पार्टी निर्माणमा लाग्न निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर