१६औं वर्ष टेकेको ग्लोबल आईएमई बैंकले १५ वर्षदेखि काम गरिरहेका कर्मचारीलाई गर्‍यो सम्मान – Nepal Press

१६औं वर्ष टेकेको ग्लोबल आईएमई बैंकले १५ वर्षदेखि काम गरिरहेका कर्मचारीलाई गर्‍यो सम्मान

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले स्थापनाको १६औँ वर्षमा प्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको छ ।

एक कार्यक्रमबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कर्मचारीलाई सम्मान गरेका हुन । ढकालले ग्लोबल आईएमई बैंकले ‘उत्कृष्ट बैंकिङ्ग सबैका लागि’ भन्ने नाराका साथ स्थापनाको १६औं वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकमा अब्बल बनाउन सफल रहेको बताए ।

यसैगरी, सीईओ रत्नराज बज्राचार्यले सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अघि बढिरहेको जानकारी गराए ।

ग्लोबल आईएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७१ एटीएम, २८३ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९०० भन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *