आउटरिचलाई ‘ईसीआई अवार्डस’ २०२२ मा २ कांस्य – Nepal Press

आउटरिचलाई ‘ईसीआई अवार्डस’ २०२२ मा २ कांस्य

काठमाडौं । चीनमा सम्पन्न भएको ‘ईसीआई अवार्डस’ २०२२ मा नेपालको तर्फबाट आउटरिचले ‘प्रोडक्ट एण्ड मोडेल ईनोभेसन’ र ‘मार्केटिङ ईनोभेसन’ गरी २ विधामा कांस्य पुरस्कार जित्न सफल भएको छ ।

अवार्ड नव प्रवर्द्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्व स्तरीय अवार्ड हो ।

चीनमा चलिरहेको महामारीको कारण यस पटक भने सबै सहभागीलाई ‘भर्चुअल’ माध्यमबाट अवार्डको घोषणा गरिएको थियो ।

अवार्ड अन्तर्गतका तीन विधाहरू ‘प्रोडक्ट, मोडेल इनोभेसन, मेटाभर्स एपलीकेसन इनोभेसन एण्ड मार्केटिङ इनोभेसन’ तर्फ स्वर्ण, रजत र कांस्य अवार्ड विजेता देशहरूमा हङकङ, स्वीजरल्याण्ड, इटाली, क्यानडा र नेपाल लगायत अन्य देशहरू छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *