नेपाल टी–२० : लुम्बिनीसँग काठमाडौंको लज्जास्पद हार – Nepal Press

नेपाल टी–२० : लुम्बिनीसँग काठमाडौंको लज्जास्पद हार

काठमाडौं । लुम्बिनी अलस्टार्सलाई १ सय २ रनले नतिजा सुम्पिँदै काठमाडौं नाइट्सले जारी नेपाल टी–२० लिगमा लज्जास्पद हार बेहोरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित १७ ओभरमा लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५।४ ओभरमा अलआउट हुँदै ८१ रनमा सीमित भयो ।

काठमाडौंका लागि वसिर अहमदले सर्वाधिक २२ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बम समान १५ रनमा आउट हुँदा कमलसिंह ऐरीले १६ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो खेलको नतिजा जारी प्रतियोगिताको सबैभन्दा फराकिलो हार हो ।

लुम्बिनीका इशान पाण्डे कुशल भुर्तेल र ह्यारि टेक्टरले समान दुई विकेट लिए । किशोर महतो विपुल शर्मा, हर्मितसिंहले समान एक÷एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको लुम्बिनीका लागि हर्मितसिंहले सर्वाधिक ७० रनको आक्रमक इनिङ खेले । उनले ३६ बलमा २ चौका र ८ छक्का प्रहार गरेका थिए । लाहिरु मिलन्थाले २६ रन जोड्दा गुलसन झाले २१ रन योगदान गरे । कुशल भुर्तेल १५ र ह्यारि टेक्टर १७ रन बनाउँदा अनिल शाह १६ रनमा अविजित रहे ।

काठमाडौंका अविनाश बोेहराले ४ ओभरमा ३२ रन खर्चिदै तीन विकेट लिए । वसिर अहमद २ विकेट र अनिल खरेलले एक विकेट लिए ।

९ खेलबाट ८ जित र एक हारको नतिजा निकालेको लुम्बिनी १६ अंकसहित शिर्ष स्थानमा रहेको छ । काठमाडौंको ८ खेलमा समान ४ जित र ४ हारसहति ८ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ ।

आज हुने दोस्रो खेलमा विराटनगर सुपर किङ्स र फार वेस्र्टन युनाइटेडबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर