गायक राेशन अधिकारीकाे ‘शंका गर्‍या हैन’ रिलिज – Nepal Press

गायक राेशन अधिकारीकाे ‘शंका गर्‍या हैन’ रिलिज

काठमाडौं । गायक रोशन अधिकारीले आज आफ्नो जन्मदिनको अवसरमा नयाँ गीत ‘शंका गर्‍या हैन’ बोलको गीत सार्वजनिक गरिएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

यो गीतमा उनको साथमा गायिका अनु चौधरीको स्वर छ । गीतमा जश्मिन श्रेष्ठको शब्द तथा अर्जुन पोखरेलको संगीत छ ।

यो गीतलाई अर्जुनले कर्णप्रिय बनाएका छन् । युवायुवतीबीचको प्रेममा हुने माया र डाहाको भाव गीतमा समावेश गरिएको छ ।

गीतको भिडियोमा गायक तथा मोडल रोशन अधिकारी र गीता ढुंगानाको रोमान्टिक अवतार हेर्न सकिन्छ ।

भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । माइकलले यो रोमान्टिक गीतमा रोशन र गीतालाई गज्जबले नचाएका छन् । यसपटक, पनि उनले केही नयाँ सिग्नेचर स्टेप प्रयोग गरेका छन् । भिडियोमा माइकल स्टेजप अप एन्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र शिलन लम्सालको सम्पादन छ ।

यसैबीच, गायक तथा मोडल अधिकारीले जन्मदिनको अवसर पारेर आज बिहान मानव सेवा आश्रममा ३ लाख ३ हजार नगद सहयोग गरेका छन् ।

यस्तै, उनले १०० वटा ब्ल्यांकेट, खाद्यान्न पनि आश्रमलाई सहयोग गरे । उनले, आगामी एक वर्षका लागि मासिक १ लाखको दरले आश्रमलाई सहयोग गर्ने पनि वाचा गरेका छन् । गायक अधिकारीले आफूले जीवनकै सबैभन्दा राम्रो जन्मदिन मनाउन पाएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *