राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको सुझाव- संघ र प्रदेश सरकार सानो आकारको बनाऔं (भिडिओ) – Nepal Press

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको सुझाव- संघ र प्रदेश सरकार सानो आकारको बनाऔं (भिडिओ)

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघ तथा प्रदेशको सरकार सानो आकारको बनाउनुपर्ने बताएका छन् ।

स्पिकर्स फोरम नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले निर्वाचनको घोषणा भएपछि सांसद र मन्त्री पदको बार्गेनिङ हुने गरेको र यसका कारण देशको आर्थिक अवस्थामा समेत समस्या देखिने भएकाले संघ तथा प्रदेशको सरकार सानो आकारको हुनुपर्ने बताएका हुन् ।

भिडिओ:

प्रदेशमा मन्त्रालय धेरै भए काम प्रभावकारी भएन भन्ने आलोचना बढेको भन्दै उनले सांसद भएपछि मन्त्री हुनैपर्छ भन्ने प्रवृत्ति रोकिनुपर्ने उनले बताए । त्यस्तै, तिमिल्सिनाले मुलुकको संविधानको व्यवस्थाअनुरुप कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था रहेकाले सत्ता गठबन्धन अपरिहार्य रहेको भन्दै गठबन्धन सरकार बन्दा मितव्ययीतालाई ध्यान दिनुपर्ने धारणा राखे । उनले कानूनी जटिलताकाबीच पनि संघ र प्रदेशसभामार्फत् सकारात्मक काम भएकाले यसलाई आगमी दिनमा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तिले प्रदेशसभालाई प्रभावकारी बनाउनका लािग आवश्यक ऐन कानून निर्माण गर्न ढिलाई गर्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर