राष्ट्रिय सहकारी बैंकद्वारा १५ प्रतिशत लाभांश वितरण – Nepal Press

राष्ट्रिय सहकारी बैंकद्वारा १५ प्रतिशत लाभांश वितरण

काठमाडौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ ।

बैंकको १९औं वार्षिक साधारणसभा सकिएकै दिन सोमबार बैंकले गत आर्थिक वर्षको लाभांश १५,४७४ सदस्य सहकारी संघ-संस्थाको खातामा लाभांश रकम पठाएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको लगत्तै बैंकले खातामा रकम पठाएका छौं’, बैंकका अध्यक्ष के.बी. उप्रेतीले भने । उनका अनुसार साधारणसभा सकिएलगतै आजै सहकारीहरुको खातामा लाभांश पठाइएको हो ।

बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा ४३ करोड ४५ लाख ५७ हजार ७४८ रुपैया लाभांश वितरण गरेको छ,। सहकारी बैंकले विगत ५ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *