‘सामसङ वासिङ मेसिन’को डिजिटल प्रोडक्टमा २० वर्षसम्मको वारेन्टी – Nepal Press

‘सामसङ वासिङ मेसिन’को डिजिटल प्रोडक्टमा २० वर्षसम्मको वारेन्टी

काठमाडौं । नेपालको उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो वासिङ मेसिनमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षको वारेन्टी प्रदान गर्दै नयाँ आयामको सुरुवात गरेको छ ।

आफ्ना प्रोडक्टमा एडभान्स डिजिटल इन्भर्टर कम्प्रेसर र डिजिटल इन्भर्टर मोटर प्रयोग गरी उपकरणको गुणस्तरलाई मजबुत बनाई उपभोक्ताको विश्वास जित्ने कम्पनीको दाबी रहेको छ ।

कम्पनीका अनुसार यसले ‘ई-वेष्ट’ न्यूनीकरण गर्ने र उपभोक्तालाई उच्च गुणस्तरीय र टिकाउ उपकरण प्रदान गर्ने र दिगो जीवनशैली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *