चितवन महोत्सव पुस २५ गतेदेखि हुने – Nepal Press

चितवन महोत्सव पुस २५ गतेदेखि हुने

काठमाडौं । १४ औं चितवन महोत्सव आगामी पुस २५ गतेबाट नारायणी नदी किनारको प्रदर्शनी मैदानमा हुने भएको छ ।

महोत्सव आयोजन मूल समितिले मंगलबार उद्योग वाणिज्य संघको सभाहल चितवनमा पत्रकार सम्मेलन गर्दै पुस २५ देखि माघ ४ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिएको हो । महोत्सवमा सात वटा विशेष स्टलसहित ४५० वटा स्टलहरू रहने आयोजकले जनाएको छ ।

महोत्सवकै क्रममा २८ देखि माघ २ गतेसम्म क्याम्पाचौर नारायणगढमा फुड फेष्टिबल सञ्चालन गरिने बताइएको छ । महोत्सव पाँच लाख दर्शकले अवलोकन गर्ने र २५ करोड भन्दा माथिको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको महोत्सव आयोजक मूल समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *