वर्ल्ड लिंकलाई ‘कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड’ – Nepal Press

वर्ल्ड लिंकलाई ‘कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड’

काठमाडौं । यस वर्षको ‘कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड’ वर्ल्ड लिंकले प्राप्त गरेको छ ।

निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिको सम्मानमा यो अवार्ड प्रदान गरिदै आएको आयोजकको भनाई छ ।

अवार्डका लागि व्यक्तिगत तथा संस्थागत डिजिटलाइजेसनमा देखाएको प्रतिवद्धता, ग्राहक संख्या, प्रयोग गरिएको प्रविधि, मर्मत सम्भार, अनलाइन भुक्तानीको विकल्प, शाखाहरूको संख्या, सेवाको पहुँच क्षेत्र आदिलाई आधार बनाइएको थियो ।

देशभर वर्ल्ड लिंकका सात लाखभन्दा धेरै ग्राहक रहेका छन् । जसमध्ये ९३ प्रतिशत घरायसी, दुई प्रतिशत साना व्यवसाय र एक प्रतिशत इन्टरप्राइज रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *