तत्काल सरकारमा नजाने नेकपा एसको निष्कर्ष, विश्वासको मत नीति तथा कार्यक्रममा निर्भर – Nepal Press

तत्काल सरकारमा नजाने नेकपा एसको निष्कर्ष, विश्वासको मत नीति तथा कार्यक्रममा निर्भर

काठमाडौं । नेकपा एकीकृत समावजवादी पार्टी सरकारमा नजाने भएको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको पोलिटब्यूरो बैठकले तत्काल सरकारमा नजाने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी एक नेताले नेपाल प्रेससँग भने, ‘सरकारमा तत्काल नजाने बैठकले निष्कर्ष निकालेको छ । अब विश्वासको मत २५ गते सत्ता गठबन्धनले ल्याउने नीति तथा कार्यक्रममा निर्भर रहन्छ ।’

नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले २६ गते विश्वासको मत लिदैछन् । तर, प्रचण्डसँग लामो समयसम्म सहकार्य गरेको भएकाले कतिपय नेताहरुले विश्वासको मत दिनुपर्ने सुझाव दिएका छन् ।

‘अब हामी सरकारले ल्याउने कार्ययोजना हेर्छाैं । त्यो हाम्रो पार्टीको पक्षमा छ । हामीले स्वीकार्ने पक्षमा छ भने विश्वाससको मत दिन्छौँ’ ती नेताले भने, ‘दक्षिणपन्थी खालको छ वामपन्थीले समर्थन गर्न मिल्ने खालेको छैन भने समर्थन हुँदैन ।’

स्थायी कमिटीदेखि अहिले पनि अधिकांश नेताहरुको सुझावमा नीति तथा कार्यक्रमको आधारमा समर्थन वा विरोध गर्ने भनिएको ती नेताले बताए ।

अहिलेको बैठक सरकारमा आउने प्रस्ताव आएमा के गर्ने भन्नेर धारण बनाउनका लागि बोलाइएको उनको भनाइ छ ।

‘पार्टीको अध्यक्ष र सम्मानित नेताहरुसहित बैठकको निष्कर्ष हो। सबैको सुझावका आधारमा अहिले सरकारमा बोलाउनासाथ नजाऔं’ उनले भने, ‘हामी समाजवादी पार्टी हौं समाजवादी उन्मुख कार्यक्रम भएमात्रै समर्थन गर्न सक्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर