ग्लोबल आइएमई बैंकद्वारा १६औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम – Nepal Press

ग्लोबल आइएमई बैंकद्वारा १६औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले सोमबार नै देशका सात वटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमअन्तर्गत, प्रदेश १ को बिर्तामोड शाखा, झापा, मधेश प्रदेशको मिर्चैया शाखा, सिरहा, बाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाडौँ, बाग्मती प्रदेशको भरतपुर शाखा, चितवन, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा, दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा, विरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा, धनगढी शाखा, कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा ५१२ रक्तदाताहरूबाट २४२ लिटर रगत दान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *