करेन्टबाट दुवै हात गुमाएकी रुपाले जितिन् १ लाख ११ हजारको उपाधि – Nepal Press

करेन्टबाट दुवै हात गुमाएकी रुपाले जितिन् १ लाख ११ हजारको उपाधि

रुपन्देही । करेन्ट लागेर हात गुमाएकी कपिलवस्तुकी रुपा रौतारले १ लाख ११ राशीको गायन प्रतियोगिताको उपाधि हात पारेकी छन् ।
बुटवलको औद्योगिक प्रदर्शनीमा आयोजित आधुनिक गायन प्रतियोगिता प्रदर्शनी आइडलको उपाधि रौतारले हात पारेकी हुन् ।

२०६२ सालको भदौमा स्कुलबाट साथीको घरमा गएका बेला घरको माथिल्लो तल्लामा करेन्ट लागेर रुपाले दुवै हात गुमाउन पुगेकी थिइन् ।
उनी हाल कालिका मानव ज्ञान माविमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छात्रा हुन् ।

३४ जना प्रतिस्पर्धीहरूमध्येबाट २४ जना हुँदै भोटिङ राउन्डमा पुगेका १२ जनाबाट गायकी र दर्शक भोटका आधारमा रौतारले उपाधि जितेकी हुन् । यसअघि उनी दीप बोर्डिङ हाइ स्कुल बुटवलबाट एसईई उत्तीर्ण भएकी थिइन् ।

विद्यालय तहमा अध्ययनरत हुँदै उनले गायनमा आफूलाई अब्बल बनाएकी थिइन् । उनलाई बुटवलको बागेश्वरी संगीतालयका सञ्चालक सुरेश सेन्चुरीले निःशुल्क गायन कक्षामा भर्ना गरेर सिकाएका थिए ।

सोमबार भएको फाइनल प्रतिस्पर्धामा प्रदर्शनी आइडल सिजन ६ को उपाधि जित्दै रुपाले १ लाख ११ हजार १ सय ११ सहित विभिन्न पुरस्कारहरू प्राप्त गरेकी छन् । आइडलको उपविजेता अञ्जली विश्वकर्माले प्राप्त गरेकी छन् ।

उनले ५५ हजार ५ सय ५५ र तेस्रो भएकी एन्जिला क्षेत्री खत्रीले रु. ३३ हजार ३ सय ३३ पुरस्कार प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *