ओस्कार अवार्डमा सिफारिस नीता ढुंगाना अभिनित चलचित्र ‘पञ्चायत’ ट्रेन्डिङमा – Nepal Press

ओस्कार अवार्डमा सिफारिस नीता ढुंगाना अभिनित चलचित्र ‘पञ्चायत’ ट्रेन्डिङमा

काठमाडौं । नेपालबाट ओस्कार अवार्डमा सिफारिस नीता ढुंगाना अभिनित चलचित्र ‘पञ्चायत’ ट्रेन्डिङको नम्बर १ मा पर्न सफल भएको छ । अमेरिकाको ‘सान फ्रान्सिस्को चलचित्र महोत्सव’मा विदेशी भाषातर्फबाट उत्कृष्ट फिल्म अवार्ड जितेको यो चलचित्र पाँच दिनअघिमात्र युट्युबमा रिलिज भएको थियो ।

यसै चलचित्रबाट नीताले उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत हात पारेकी थिइन् ।

७ लाख ५६ हजार पटक हेरिएको यो चलचित्र बागलुङमा छायाँकन गरिएको थियो । चलचित्रमा २०३१ सालतिर तत्कालीन पञ्चायतको न्याय र शासन प्रणालीको कारण महिलाहरु पीडित हुनुपरेको विषयलाई चित्रण गरिएको छ ।

चलचित्रमा नीता ढुंगानासँगै सरोज खनाल र रुपा राना प्रमुख भूमिकामा छन् । जाह्न्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ, रवि अधिकारीलगायतको समेत अभिनय देख्न सकिनेछ ।

शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *