सुजुकीको ‘विन्टर फ्री’ सर्भिस, कहाँ र कहिल्ये ? – Nepal Press

सुजुकीको ‘विन्टर फ्री’ सर्भिस, कहाँ र कहिल्ये ?

काठमाडौं । सुजुकी गाडीको आधिकारिक बिक्रेता ‘मोटोकर्प’ले यहीँ पुस २० देखि २२ गतेसम्म ‘विन्टर फ्री’ सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य ‘अफर’ पाउनको साथै १५ जना लक्की ग्राहकले ‘फ्री सर्भिस’ भौचर पनि जित्न सकिने जनाइएको छ ।

‘क्याम्प’मा ग्राहकले निःशुल्क एसी , हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट , इन्जिन कुलिंग, एसी , हिटर सम्बन्धी पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनुका साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट पाउने कम्पनीले बताएको छ ।

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्न सक्ने भएकोले सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन गर्नलागेको कम्पनीले जनाएको छ ।

उक्त सर्भिस क्याम्प’ नेपालभरिका सबै सुजुकी सर्भिस सेन्टरमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *