काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य – Nepal Press
टी-२० लिग

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

काठमाडौं । जारी नेपाल टी-२० लिगअन्तर्गत काठमाडौं नाइट्सले विराटनगर सुपर किङ्सलाई ९३ रनको लक्ष्य दिएको छ । खेलाडीको पारिश्रमिक विवादका कारण निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी ९ ओभरमा खेल घटाइएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ रनको योगफल तयार पारेको छ ।

काठमाडौंका सन्दीप रजालीले २२ बलमा २ चौका र २ छक्कासहित अविजित ३२ रनको इनिङ खेले । कप्तान ज्ञानेन्द्र मल्ल ११ बलमा १ चौका प्रहार गर्दै १४ रनमा आउट हुँदा कमलसिंह ऐरी ५ बलमा २ छक्कासहित १४ रनमा अविजित रहे । एलेक्स ब्लेकले १३ रन योगदान गरे ।

विराटनगरका नन्दन यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै ८ रन राख्दै सर्वाधिक तीन विकेट लिए । हुसेन तलत र केयोन जोसेफले समान एक विकेट लिए ।

तस्बिरहरु : उमेश कार्की

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर