आजपा अध्यक्ष प्रभु साहलाई पूर्वमन्त्री रामवीर मानन्धरको साथ – Nepal Press

आजपा अध्यक्ष प्रभु साहलाई पूर्वमन्त्री रामवीर मानन्धरको साथ

काठमाडौँ। पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् ।

लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरी स्थित मानन्धर निवासमा भेटघाट भएको हो । मिलेर पार्टी खोल्ने पूर्व सहमतिकै निरन्तरताको रूपमा मानन्धर अब आजपामा संगठित रूपमा नै अगाडि बढ्ने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।

‘हाम्रो पार्टी अध्यक्ष प्रभु साहज्यू र पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरजी बीच भेटवार्ता भएको हो । उहाँहरू शहरी मन्त्रालयमा हुँदा देखि राम्रो सम्बन्ध थियो । त्यसकै निरन्तरता हो यो । उहाँ ९रामवीर मानन्धर० हाम्रो पार्टीको साथमा हुनुहुन्छ ।’ यादवले संक्षिप्त जानकारी दिँदै भने ।

२०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए । काठमाडौँ क्षेत्र नम्बर ७ बाट २०७० को संविधानसभासभा सदस्य तथा २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मानन्धर सोही क्षेत्रबाट स्वतन्त्र सांसद उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर