ब्रेन्टफोर्डसँग लिभरपुल पराजित – Nepal Press

ब्रेन्टफोर्डसँग लिभरपुल पराजित

काठमाडौं । लिभरपुलले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३-१ को नतिजा सुम्पिएको छ ।

लिभरपुल १७ खेलमा २८ अंकसहित छैटौँ स्थानमा छ । ब्रेन्टफोर्ड भने १७ खेलमा २६ अंकसहित सातौँ स्थानमा छ ।

लिभरपुललाई  आगामी सिजन च्याम्पियन्स लिगको टिकट काट्न समेत कठिन हुने देखिएको छ । लिभरपुल चौथो स्थानको युनाइटेडभन्दा चार अंकले पछि छ । युनाइटेडले लिभरपुलभन्दा एक खेल कम खेलेको छ ।

१९औँ मिनेटमा लिरभुपुलका इब्राहिमा कानाटेले गरेको आत्मघाती गोलमा ब्रेन्टफोर्डले अग्रता लिएको थियो । ४२औँ मिनेटमा योआने विसाको गोलमा ब्रेन्टफोर्डले अफ्नो अग्रता दोब्बर पारेको थियो ।

पहिलो हाफमै २-० ले पछि परेसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले रक्षक भर्जिल भान डाइकलाई समेत मैदानबाहिर निकालेका थिए ।

५०औँ मिनेटमा एलेक्स अक्सलेड–च्याम्बरलिनको गोलमा योर्गान क्लोपको टोलीले खेलमा फर्कने संकेत गरेको थियो । तर खेल सकिन ६ मिनेट बाँकी रहँदा ब्रेयान एमबेउमुले ब्रेन्टफोर्डका लागि तेस्रो गोल गरेसँगै लिभरपुलको खेलमा फर्कने सम्भावना समाप्त भएको थियो ।

ब्रेन्टफोर्डले यस सिजन म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडलाई पनि हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर