नेपाल टी–२० लिग : काठमाडौं र विराटनगरबीचको खेलमा खेलाडीले टस गर्न मानेनन् – Nepal Press

नेपाल टी–२० लिग : काठमाडौं र विराटनगरबीचको खेलमा खेलाडीले टस गर्न मानेनन्

काठमाडौं । जारी नेपाल टी–२० लिगमा मङ्गलवार हुने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेलमा खेलाडीहरूले टस गर्न मानेका छैनन् ।

त्रिवि क्रिकेट मैदानमा जारी लिगमा दिनमा दुई खेल हुने गरेको छ । पहिलो खेलको टस साँढे आठ बजे हुनुपर्नेमा खेल सुरु हुने समय भइसक्दा पनि खेलाडीहरूले टस गर्न मानेनन् ।

टेक्निकल कमिटीका एक सदस्यका अनुसार खेलाडीहरूले टसको कागज नै लिन मानेका छैनन् ।

टस नहुनुको कारण सोध्न खोज्दा क्यानका पदाधिकारी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर