प्रतिनिधिसभामा एमालेको एक सीट बढ्यो, स्वतन्त्र सांसद किरण शाह बालकोट पुगेर पार्टी प्रवेश – Nepal Press

प्रतिनिधिसभामा एमालेको एक सीट बढ्यो, स्वतन्त्र सांसद किरण शाह बालकोट पुगेर पार्टी प्रवेश

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौटहट २ बाट निर्वाचित सांसद किरण कुमार शाह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा र टीका लगाएर एमालेमा प्रवेश गराएका हुन् ।

यो सँगै प्रतिनिधसभामा एमाले एक सिट बढेकाे छ ।

प्रभु शाहले किरणलाई आफ्नो पार्टीमा राखेपनि उनले अस्वीकार गर्दै एमाले रोजेका हुन् ।

जसपासँगको भागवण्डाका कारण साे क्षेत्र एमालेले गुमाएपछि उनी स्वतन्त्र रुपमा चुनाव लडेका थिए ।

चापाकल चिन्हबाट चुनाव लडेका शाहले ३२ हजार ८४२ मत पाएका थिए ।

कांग्रेसका मो.फिरदोस आलमले २८ हजार २४८ मत पाएका थिए । यस्तै एमालेसँग तालमेल गरेको जसपाका शैलेन्द्र शाहले २ हजार २२ मत पाएका थिए ।

यसअघि ०७४ मा तत्कालिन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर