७९ रनमा समेटियो फारवेस्ट, जनकपुरको पाँचौं जित – Nepal Press

७९ रनमा समेटियो फारवेस्ट, जनकपुरको पाँचौं जित

काठमाडौं । फारवेस्टर्न युनाइटेडलाई ७९ रनमा समेट्दै जनकपुर रोयल्सले जारी नेपाल टी-२० लिगमा पाँचौं जित निकालेको छ । जितसँगै जनकपुरले प्लेअफ सम्भावना बलियो बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको नम्तिो पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रनको लक्ष्य फारवेस्ट सामु प्रस्तुत गरेको थियो । फारवेस्ट १५.१ ओभरमा अलआउट हुँदै ७९ रनमा सिमित भयो ।
हारसँगै फारवेस्टको प्लेअफ सम्भावना न्यून भएको छ । फारवेस्ट ६ खेलमा पाँच खेलमा हार र एक जितको नतिजासहित २ अंक जोडेर तालिकाको पुुछारमा रहेको छ ।

जनकपुर ७ खेलमा ५ जित र दुई हारको नतिजासहित १० अंक जोडेर दोस्रो स्थानमा छ ।

फारवेस्टका लागि ओपनर भिम सार्कीले १३ बलमा ३ चौकासहित १६ रन र हर्शमतुल्लाह शाहिदीले ३२ बलमा २ चौका र एक छक्कासहित ३२ रन बनाएर पभेलियन फर्किएका थिए । रासिद खान १५ बलमा तीन चौका प्रहार गर्दै १७ रनमा अविजित रहे त्यसबाहेक फारवेस्टका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरको बलिङमा सामिउल्लाह शिनवारीले तीन ओभरमा १६ रन खर्चिदै तीन विकेट लिए । पवन सरार्फ, सोमपाल कामीले समान दुई विकेट लिँदा शरार्फुदिन असरर्फ, जितेन्द्र मुखिया र ललित राजवंशीले समान एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पारेको थियो ।

जनकपुरकालागि चौथो नम्बरमा क्रिजमा आएका सन्दीप जोराले सर्वाधिक ५५ रनको योगदान गरे । उनले ३२ बलमा १ चौका र ५ छक्का प्रहार गरे ।

ओपनर कप्तान ट्रेभोन ग्रिफ्त २२ बलमा समान दुई चौका र छक्कासहित ३२ रन जोडेर आउट हुँदा शरार्फुदिन अरिर्फ २० रनमा पभेलियन फर्किएका थिए ।

चादविक वालटन २४ रनमा आउट हुँदा राजेस पुलामी १६ रन बनाउन सफल भए । त्योबाहेक जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

फारवेस्टका प्रकाश जैशीले ४ ओभरमा २५ रन खर्चिएर ३ विकेट लिए । भुवन कार्कीले २ ओभरमा ७ रन खर्चिएर २ विकेट लिए । नुर अहमदले एक विकेट लिए ।

जनकपुरले अर्को खेलमा मंलबार लुम्बिनी अलस्टार्ससँग र फारवेस्टले बुधबार विराटनगर सुपर किङ्ससँग खेल्नेछ ।

आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर