एकतर्फी पोल भाडा बढाएर प्राधिकरणले जबर्जस्ती तार काटेको आईस्पानको आरोप (भिडि‌ओ) – Nepal Press

एकतर्फी पोल भाडा बढाएर प्राधिकरणले जबर्जस्ती तार काटेको आईस्पानको आरोप (भिडि‌ओ)

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत प्राधिकरणका कारण जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फीरूपमा आफुखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ नभएकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको हो ।

प्राधिकरणको भाडादरको कारण उपभोक्तालाई समेत असर पर्ने भएको साथै डिजिटल नेपालको मर्मविपरीत भएको आईस्पानका अध्यक्ष सुधिर पराजुलीले बताए । उच्चस्तरीय समिति गठन भई प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आईस्पानको आरोप छ ।

अध्यक्ष पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको दाबी गरे ।

विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती ६ सय देखि ७ सय प्रतिशत पोल भाडा बढाएर मानव अधिकारको समेत उलंघन गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *