सन्दीपको अर्धशतकमा जनकपुरले फारवेस्टलाई दियो १६२ रनको लक्ष्य – Nepal Press

सन्दीपको अर्धशतकमा जनकपुरले फारवेस्टलाई दियो १६२ रनको लक्ष्य

काठमाडौं । सन्दीप जोराको अर्धसतक प्रेरित जनकपुर रोयल्सले जारी नेपाल टी-२० लिगमा फार वेस्र्टन युनाइटेडलाई १ सय ६२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रनको योगफल तयार पारेको छ ।

जनकपुरका लागि चौथो नम्बरमा क्रिजमा आएका सन्दीप जोराले सर्वाधिक ५५ रनको योगदान गरे । उनले ३२ बलमा १ चौका र ५ छक्का प्रहार गरे ।

ओपनर कप्तान ट्रेभोन ग्रिफ्त २२ बलमा समान दुई चौका र छक्कासहित ३२ रन जोडेर आउट हुँदा शरार्फुदिन अरिर्फ २० रनमा पभेलियन फर्किएका थिए ।

चादविक वालटन २४ रनमा आउट हुँदा राजेस पुलामी १६ रन बनाउन सफल भए । त्योबाहेक जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

फारवेस्टका प्रकाश जैशीले ४ ओभरमा २५ रन खर्चिएर ३ विकेट लिए । भुवन कार्कीले २ ओभरमा ७ रन खर्चिएर २ विकेट लिए । नुर अहमदले एक विकेट लिए ।

यसअघि, ६ खेल खेलेको जनकपुरले ४ जित र दुइ हारको नतिजा निकालेको छ । जनकपुर ८ अंकसहित दोस्रो स्थानमा छ । फारवेस्ट ५ मध्य एक जित र चार हारको नतिजा निकाल्दै तालिकाको पुछारमा रहेको छ ।

आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर