चलचित्र ‘दिलमाया २’को विरगञ्जमा विशेष शो – Nepal Press

चलचित्र ‘दिलमाया २’को विरगञ्जमा विशेष शो

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिलमाया २’को सोमबार विरगञ्जमा विशेष शोको आयोजना गरिएको छ । आगामी चैत्र १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको विरगञ्जमा आयोजित विशेष शोमा नेकपा एमालेमा प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता प्रमुख अतिथिको रुपमा सहभागी भएका छन् ।

सिनेमाको निर्माण टिम आइतबार विशेष शाोको लागि कलाकारसहित विरगञ्ज पुगेको थियो । मधेश प्रदेशको विरगञ्जस्थित त्रिमुर्ती हलमा सिनेमाको पहिलो विशेष शोको आयोेजना गरिएको हो ।

राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा किरण नेपाली सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, मिठु मारकन हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमामा राजु गिरीको नै लेखन तथा निर्देशन रहेको छ ।

विष्णु मिराकर र सुस्मिता खत्रीले खिचेको सिनेमामा खुम बहादुर सुनार र संगीता खत्रीको सम्पादन रहेको छ । सिनेमालाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *