सरकारमा सहभागिताबारे निर्णय गर्दै जसपा, यस्ता छन् बैठकका एजेण्डा – Nepal Press

सरकारमा सहभागिताबारे निर्णय गर्दै जसपा, यस्ता छन् बैठकका एजेण्डा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले निर्वाचनमा अन्तर्घात गर्ने सदस्यहरूलाई कारबाही गर्ने बताएको छ ।

सोमबारबाट सुरु भएको पार्टीको राजनीतिक समितिको बैठकमा यो विषयमा निर्णय गर्ने जसपाले जनाएको छ । आवश्यकताअनुसार समिति नै गठन गरेर छानिबन गर्ने तयारी सो पार्टीको छ ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भूमिका, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको जसपाले जनाएको छ ।

त्यस्तै बैठकमा अन्य दल तथा संगठनसँग एकता तथा सहकार्यका लागि वार्ता समिति गठन गर्ने, सक्रिय नरहेका विभिन्न भातृ तथा जनवर्गीय संगठनहरुलाई क्रियाशील तथा पुनर्गठन गर्ने कार्यपालिका छ।

साथै पार्टी विधान अधिवेशनका लागि विधानको मस्यौदा तयार गर्नका लागि मस्यौदा समिति गठन गर्ने लगायतका विविध विषयमा पनि छलफल गर्ने जसपाले जनाएको छ ।

बैठक आज र भोलि गरी दुई दिनसम्म चल्ने छ ।

तस्बिरहरु : गाैरव पाैडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर