राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरू गर्न आयोगलाई प्रधानमन्त्री दाहालको निर्देशन (भिडिओ) – Nepal Press

राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरू गर्न आयोगलाई प्रधानमन्त्री दाहालको निर्देशन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अगाडी बढाउन निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्रीले संविधान र कानूनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका हनु् ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलहरूबीच छलफल गर्ने र निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाइ थियो । छलफलका क्रममाा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदेशसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । निर्वाचनको मितिका विषयमा भने पछि छलफल गर्ने उनको भनाइ छ ।

बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तहरूले निर्वाचन आयोगको कामकारबाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका थिए ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री लामिछानेलगायत उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर