विश्वकपको फाइनलयता गोलकिपर मार्टिनेजले बेन्चमै बसेर समकक्षी लोरिसलाई हराए – Nepal Press

विश्वकपको फाइनलयता गोलकिपर मार्टिनेजले बेन्चमै बसेर समकक्षी लोरिसलाई हराए

लन्डन। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा टोट्टनहाम घरेलु मैदानमै पराजित भयो। फ्रान्सका कप्तानसमेत रहेका गोलरक्षक ह्युगो लोरिससहितको टोट्टनहामले एस्टन भिल्लासँग ३-१ गोलको हार ब्यहोर्‍यो।

एस्टन भिल्लामा लोरिसले गत विश्वकप फाइनलमा प्रतिस्पर्धा गरेका अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेज पनि छन् तर आइतबार हुने मैदानमा देखिएनन्।

उनको स्थानमा स्विडिस गोलरक्षक रोबिन ओल्सेनलाई एस्टन भिल्लाले गोलकिपिङको जिम्मा दिएको थियो। विश्वकपपछि मार्टिनेज शुक्रबार मात्र टोलीमा सामेल भएका थिए। फ्रान्सलाई फाइनलमा टाइब्रेकरमा पराजित गरेर अर्जेन्टिना विश्व विजेता बन्दा मार्टिनेजको भूमिका महत्वपूर्ण थियो। ‌ओल्सेन एस्टन भिल्लाका नियमित गोलकिपर होइनन् ।

पहिलो रोजाईमा मार्टिनेजले नै ठाउँ पाउने गरेपनि टोट्टनहामविरुद्ध सुरुवाती-११ मा उनलाई राखिएको थिएन। एस्टन भिल्लाको अघिल्लो खेलमा पनि मार्टिनेजलाई बेन्चमा राखिएको थियो। उक्त खेलमा एस्टन भिल्ला ३-१ गोलले पराजित भएको थियो। १

७ खेलबाट २१ अंक भएको एस्टन भिल्ला तालिकाको १५ औँ स्थानमा छ। पाचौँ स्थानमा रहेको टोट्टनहामको १७ खेलबाट ३० अंक छ। १६ खेलबाट ४३ अंक भएको आर्सनल शीर्षस्थानमा छ। टोट्टनहामले पछिल्ला चार खेलमा दुई हार, एक बराबरी र एक जितको नतिजा निकालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर