‘फूलबारी’को गीत रिलिज – Nepal Press

‘फूलबारी’को गीत रिलिज

काठमाडौं । रामबाबु गुरुङ निर्देशित सिनेमा ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ ।

चल अचल दृश्यसहितको ‘माया रैछ र भर रैछ नि’ गीतले पारिवारिक प्रेमको आभास दिलाउँछ । सिनेमामा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका दम्पतीको भूमिकामा प्रस्तुत भएका छन् ।

यस्तै गीतले पारिवारिक खुसीसँगै पीडापनि झल्काएको छ । सिनेमामा अभिनेता दयाहाङ राईले अभिनेत्री गौमाया गुरुङसँग जोडी बाँधेका छन् । यस्तै अभिनेत्री प्रियंका कार्कीको जोडी कलाकार सोमनाथ खनालसँग बाँधिएको छ ।

कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्षा कट्टेलपनि पनि आवाज दिएकी छन् ।

सिनेमामा विपिन, अरुणा, दयाहाङ, प्रियंका, गौमाया, सोमनाथसंगै शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक साक्षी सिंह भण्डारीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने सिनेमामा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायांकन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

सिनेमा यशोदा फिल्म्सको ब्यानरमा निर्माण भएको हो । यसै वर्ष रामबाबु निर्देशित ‘कबड्डी ४’ले सर्वाधिक व्यापारको रेकर्ड राख्न सफल भएको थियो । त्यसैले ‘फूलबारी’ले पनि बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *