अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ‘छड्के २’को नयाँ पोस्टर रिलिज – Nepal Press

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ‘छड्के २’को नयाँ पोस्टर रिलिज

काठमाडौं । अनमोल केसी स्टारर सिनेमा ‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गते रिलिज हुने सिनेमाको अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ पोस्टर सार्वजनिक गरिएको हो ।

फस्ट लुक रिलिज भएसँगै चर्चामा रहेको सिनेमाको नयाँ पोस्टरले दर्शकको ध्यान तान्न सफल हुन्छ । नयाँ सालमा अनमोलका फ्यानका लागि नयाँ पोस्टर उत्कृष्ट उपहार बन्न सक्छ ।

ग्याङस्टर जनरामा निर्माण भएको सिनेमाको पोस्टरमा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । नयाँ पोस्टरमा सिनेमाका अन्य कलाकारहरुपनि फिचर्ड छन् । अनमोललाई आफ्नो समूहको नाइकेको रूपमा प्रस्तुत गरिएको छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् ।

सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको छ । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर सिनेमा हो । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् ।

निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *