जनमत पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा यादव – Nepal Press

जनमत पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा यादव

जनकपुरधाम । जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा महेश प्रसाद यादवलाई चयन गरिएको छ ।

दलका नेता चयन गर्न जनकपुरमा पुस ५ गते बसेको बैठकमा सहमति नजुटेपछि अध्यक्ष डा। सीके राउतलाई नै चयन गर्ने जिम्मेवारी दिइएको थियो । सोही बमोजिम अध्यक्ष राउतले दलका नेता यादवलाई बनाएको बुझिएको छ ।

यादव सप्तरी क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन् । नेकपा माओवादी परित्याग गरी जनमत पार्टीबाट लडेका उनी माओवादीकै नेता तथा पूर्वमन्त्री उमेश यादवलाई पराजित गरे ।

मधेश प्रदेशमा जनमत पार्टीका १३ सांसद छन् । जनमत पार्टीले यो प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर