माओवादी वागमती संसदीय दलको नेतामा जमरकट्टेल चयन – Nepal Press

माओवादी वागमती संसदीय दलको नेतामा जमरकट्टेल चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।

प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो ।

पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको नाम सर्वसम्मत पारित भएको दलको नेताका अर्का आकांक्षी युवराज दुलालले नेपाल प्रेसलाई बताए । शालिकराम यसअघि पनि दलको नेता थिए ।

सहयात्रीले असहमतिकाबीच उनको नाम पारित भएपछि असहमति जनाएका छन् ।

पौडेलले दलमा मतदानको माग गरेका थिए । उनी यसअघि प्रदेश अध्यक्षमा पनि चुनावबाटै जितेका थिए ।

उनले फेसबुकमार्फत छिर्के लगाएर खेल जितिए पनि मन जित्न नसकिने टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्- गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो । छिर्के लगाएर पनि गेम त जितिन्छ तर मन जितिँदैन । जब सम्म मन जितिँदैन केही पनि जितिँदैन । म हरेक पटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर