एकीकृत समाजवादी कुनै पनि पार्टीसँग एकीकरण हुँदैन : प्रवक्ता खतिवडा (भिडिओ) – Nepal Press

एकीकृत समाजवादी कुनै पनि पार्टीसँग एकीकरण हुँदैन : प्रवक्ता खतिवडा (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताएका छन् ।

आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे । उनले यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदै छ भन्ने निराधार हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएको उनले जानकारी दिए ।

बैठकमा पूर्व सत्ता गठबन्धन टुट्नुमा एकीकृत समाजवादीको कुनै पनि भूमिका रहे नरहेको बारेमा पनि छलफल भएको थियो । सो क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउने पूर्व सर्त पूरा नभएपछि टुक्रिएको बारेमा छलफल भएको उनले बताए ।

प्रतिक्रिया

One thought on “एकीकृत समाजवादी कुनै पनि पार्टीसँग एकीकरण हुँदैन : प्रवक्ता खतिवडा (भिडिओ)

  1. अब काङ्ग्रेस सितै सदाको लागि गठबन्धन गर्दा राम्रो जगन्नाथ कामरेड (?)। तपाईंलाई देशको चिन्ता छैन।आफ्नो चिन्ता हो। तपाईंहरुको १० सिट भनेको काङ्ग्रेसले दिएको हो। अब पनि चेत्नु भएन भने सकिने मेसो हुन्छ।आफ्नो स्थान सुरक्षित ठान्नु भयो भने जता पनि लाग्नुहुन्छ। एउटा खास कुरा सच्चिनुस अथवा सक्किनुस राजनीति बाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर