राष्ट्रपतिको कुर्सी गुमाएका पौडेललाई गृह जिल्लामा गुन्द्री उपहार – Nepal Press

राष्ट्रपतिको कुर्सी गुमाएका पौडेललाई गृह जिल्लामा गुन्द्री उपहार

दमौली । पाँच दलीय गठबन्धन भत्किएपछि मुखैमा आएको राष्ट्रपति पद गुमेर सबैभन्दा रनाहामा परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन क्षेत्रका जनताले गुन्द्री उपहार दिएका छन् ।

तमु ल्होसारका अवसरमा तनहुँको बन्दिपुर–६ स्थित खहरेटारमा आयोजित कार्यक्रममा आयोजकले पौडेललाई गुन्द्री उपहार दिएर स्वागत गरेका हुन् । मिलिजुली युवा क्लबले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा पौडेल प्रमुख अतिथि थिए ।

जीवनमा एक पटक प्रधानमन्त्री बन्ने लक्ष्य पूरा नभए पनि यस पटक गठबन्धनबाट राष्ट्रपति बन्ने कसरतमा पौडेल थिए । उनले गठबन्धन टुट्न नदिन अन्तिमसम्म प्रयास गरेका थिए । गठबन्धन टुटेपछि सबै सपना भताभुङ्ग भएको टिप्पणी पौडेलले गरेका छन् ।

बन्दीपुरमा बुनिएको गुन्द्री उपहार लिँदै पौडेलले यो गठबन्धन पनि कुनै पनि बेला भङ्ग हुन सक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर