कर्मचारी नै हरेक समस्या सम्बोधन गर्न योग्य छन्, मलाई भेटिरहनुपर्दैन : रवि लामिछाने – Nepal Press

कर्मचारी नै हरेक समस्या सम्बोधन गर्न योग्य छन्, मलाई भेटिरहनुपर्दैन : रवि लामिछाने

‘तारिफ होइन खबरदारी गर्नुस्’

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कर्मचारी नै हरेक नागरिकका समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिवद्द रहेकाले आफूलाई भेटिरहन जरुरी नभएको बताएका छन् । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।

उनले गृह मन्त्रालय हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा रहेको पनि जानकारी गराए । आफुहरुको कामको तारिफ गर्न कन्जुस्याइँ गरे पनि खबरदारी गर्नका लागि भने दिल खोलेर गर्नका लागि उनले सबैसँग आग्रह गरेका छन् । जीवनमा आलोचक साथीहरू भएकै कारणले नै सुखद यात्रा सम्भव भएको बताए । आगामी यात्रामा पनि पनि यसैगरी सघाउन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर