भायानेटकी सीईओ सेवा लिडरशिप फिमेल अफ द इयर २०२२ द्वारा सम्मानित – Nepal Press

भायानेटकी सीईओ सेवा लिडरशिप फिमेल अफ द इयर २०२२ द्वारा सम्मानित

काठमाडौ‌ । भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरालाई नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरशिप फिमेल अफ द इयर अवार्डबाट सम्मान गरिएको छ। उनी देशको प्रविधि क्षेत्रमा नेतृत्व गर्ने पहिलो महिलामध्ये एक हुन् ।

सन् २०१२ मा वित्त तथा सञ्चालन निर्देशकका रूपमा भायानेटमा आएकी पाठक सन् २०१८ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेकी थिइन् । उनको कार्यकालमा भायानेटले आफ्नो गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवाहरूको स्तरोन्नति गर्दै देशैभर द्रुत रूपमा विस्तार गरिरहेको छ।

एचआरएम अवार्ड कर्पोरेट क्षेत्रमा भएका विविध विधाका उत्कृष्टलाई पुरष्कृत गर्ने उद्देश्यले सन् २०२१ मा स्थापना भएको वार्षिक पुरस्कार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *