‘सान्बाबु’मा उमेशसँग रोमान्टिक केकी अधिकारी (भिडिओ) – Nepal Press

‘सान्बाबु’मा उमेशसँग रोमान्टिक केकी अधिकारी (भिडिओ)

काठमाडौं । गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेको ‘सान्बाबु’ बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ । रोहित घिमिरेका शब्द, सिएल शर्माको संगीत रहेको सार्वजनिक गीतमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

कुलेखानी, चित्लाङलगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडिओमा केकी उमेशसँग मज्जैले खुलेकी छन् । वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडिओमा देखाएका छन् ।

युवा उद्यमीसमेत रहेका मोडल उमेशको केही समय अगाडी मात्रै रिलिज गरिएको लुकिछिपी बोलको गीतको भिडिओले चर्चा कमाएको थियो । उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

उनका आधा दर्जन भिडियो आउने क्रममा रहेका छन् । विकास दाहालको सम्पादन, उत्सब दाहालको छायांकन रहेको गीतमा सन्जीब बराईको एरेन्ज, किशोर थापाको मिक्सिङ रहेको छ । भिडियो द डिभाइन म्यूजिकबाट बजारमा आएको हो ।

भिडिओ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *