सहकारीले बचत फिर्तालाई प्राथमिकता दिँदा बढ्याे राष्ट्रिय सहकारी बैंकको खराब कर्जा – Nepal Press

सहकारीले बचत फिर्तालाई प्राथमिकता दिँदा बढ्याे राष्ट्रिय सहकारी बैंकको खराब कर्जा

काठमाडौं । राष्ट्रिय सहकारी बैंकबाट लिएको ऋण समयमै चुक्ता नहुँदा बैंकको खराब कर्जा बढेको छ । अघिल्लो आर्थिक वर्ष १.४३ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा आव २०७८/७९ मा बढेर २.०६ प्रतिशत पुगेको छ ।

विगत तीन आर्थिक वर्षको निष्क्रिय कर्जाको वृद्धिदर ४ प्रतिशत रहेको छ । राष्ट्रिय सहकारी बैंकका ऋणी सहकारी संस्थाहरु हुन् । सहकारीहरुमा समस्या देखिएपछि निक्षेप फिर्ता लिन जाने क्रम बढेसँगै उनीहरुले बैंकको ऋण तिर्नुभन्दा बचत फिर्तालाई प्राथमिकतामा राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले जानकारी दिए ।

बैंकले कोरोनाकालमा सहकारीहरुलाई सहुलियतपूर्ण ऋण ४ करोड रुपैयाँभन्दा बढी प्रवाह गरेको थियो । यसले गर्दा बैंकको नाफा घटेको सीईओ गुरागाईंको भनाइ छ । बैंकले १६ हजार सहकारी संस्थालाई आफ्ना ६८ शाखामार्फत बैकिङ सेवा दिँदै आएको छ ।

बैंकले चालू आवमा शेयर पूँजी ३ अर्ब ३१ करोड, निक्षेप संकलन ६१ अर्ब ३५ करोड, कर्जा लगानी ४६ अर्बभन्दा बढी गरी ७२ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *