पुस मसान्तसम्म प्यान कार्ड बनाए करमा विशेष छुट पाइने – Nepal Press

पुस मसान्तसम्म प्यान कार्ड बनाए करमा विशेष छुट पाइने

काठमाडौं । यही पुस मसान्तभित्र स्थायी लेखा नम्बर (प्यान कार्ड) बनाएर करको दायरामा आउनेलाई सरकारले विशेष छुट तथा सुविधा दिने भएको छ ।

आन्तरिक राजस्व विभागले कर योग्य कारोबारमा सामेल भएको तर कर नतिरेकाको हकमा भने प्यान कार्ड बनाएर पुस मसान्तसम्म करको दायरामा आए विशेष छुट हुने जनाएको छ ।

विभागका सूचना अधिकारी राजु प्याकुरेलले तोकिएको समयमा प्यान कार्ड बनाइ विगत ४ आर्थिक वर्षको विस्तृत विवरण बुझाए सो भन्दा अघिल्ला बर्षका कारोबारहरु नखोजिने नेपाल प्रेसलाई जानकारी दिए ।

यद्यपी विगत ४ वर्षको विवरणको आधारमा आफैले घोषणा गरेको कर भने तिर्नुपर्ने उनले बताएका छन् । त्यस अघिको हकमा भने कर तथा ब्याज शुल्क मिनाहा हुनेछ ।

हालसम्म ३२ लाख भन्दा बढीले व्यक्तिगत स्थायी लेखा नम्बर लिइसकेका छन् भने १८ लाख भन्दा बढीले व्यवसायिक स्थायी लेखा नम्बर लिएका छन् । यस्तै करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर २१ हजार भन्दा बढी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *