प्रधानमन्त्री भएपछि पहिलो सार्वजनिक कार्यक्रममा प्रचण्ड (तस्बिरहरू) – Nepal Press

प्रधानमन्त्री भएपछि पहिलो सार्वजनिक कार्यक्रममा प्रचण्ड (तस्बिरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

काठमाडौंको टुँडिखेलमा गुरुङ राष्ट्रिय परिषद् काठमाडौंले तमू ल्होसारमा आयोजना गरेको विशेष कार्यक्रममा दाहाल प्रमुख अतिथिको रूपमा सहभागी भएका हुन् ।

प्रचण्ड नेपालको ४४ औं‌ प्रधानमन्त्रीको रूपमा आइतबार नियुक्त भएका हुन् ।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गर्दै नयाँ वर्षलाई स्वागत गरेर ‘तमू ल्होसार’ मनाइरहेका छन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होसार’ भनिएको हो ।

तस्बिरहरू : रासस ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर