मधेसका १०६ सांसदले शपथ लिँदै, यस्तो छ माहौल (तस्बिरहरू) – Nepal Press

मधेसका १०६ सांसदले शपथ लिँदै, यस्तो छ माहौल (तस्बिरहरू)

जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित सांसदहरू शपथग्रहणका प्रदेशसभा सचिवालयमा पुग्नेक्रम सुरू भएको छ ।

शपथग्रहणका लागि दिउँसो २ बजेका लागि समय तोकिएको छ । तर, मध्यान्हबाटै नवनिर्वाचित सांसदहरु प्रदेशसभा भवन परिसरमा पुग्न थालेका हुन् ।

अहिले प्रदेशसभा भवन परिसरमा चहलपहल बढेको देखिन्छ । परिसरमा केही सांसद घाम तापेर बसेका छन् । सांसदहरूको आउनेक्रम पनि जारी छ ।

१०७ सदस्यीय प्रदेशसभा सदस्यमध्ये सप्तरीबाट निर्वाचित नेकपा एसका सांसद गोविन्द न्यौपाने बढी उमेर ७१ वर्षका छन् । ज्येष्ठताको आधारमा उनी नै १०६ सांसदको शपथ गराउने कार्यक्रम छ ।

न्यौपानेले हिजो नै प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ लिएका थिए । सांसदहरूलाई आफ्नो पहिचान झल्किने पोशाकमा आउन प्रदेशसभा सचिवालयले भनेको छ । सांसदहरूले मातृभाषामा शपथ लिन पाउनेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर