स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमले फागुनमा राष्ट्रिय सम्मेलन गर्ने – Nepal Press

स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमले फागुनमा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमले फागुन पहिलाे साता राष्ट्रिय सम्मेलन गर्ने भएकाे छ । बिहीबार प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरुको बैठकले फागुन ५, ६ र ७ गते  राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेकाे हाे ।

सम्मेलन काठमाडौंमै गर्ने बैठकले जनाएको छ ।

राष्ट्रिय सम्मेलनमार्फत देशमा राजनीतिक सुदृढीकरण, सुशासन, आर्थिक समृद्धिको स्पष्ट रोडम्यापको खाकासहित वैकल्पिक राजनीतिक शक्तिको घोषणासमेत गरिने फोरमका अन्तर्राष्ट्रिय समन्वय समिति संयोजक सुनिलप्रसाद साहले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिए ।

फोरमले अहिलेसम्म देशभर ८३ वटा छलफल तथा कार्यक्रमहरु गरिसकेको जनाए ।

वैकल्पिक शक्तिमा आस्था राख्दै गत वैशाखको स्थानीय तथा मंसिरमा भएको संघीय निर्वाचनमा युवाहरुले उम्मेदवार दिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर