लुम्बिनीमा साना दलले चयन गरे दलको नेता, ठूला दल परे पछाडि – Nepal Press

लुम्बिनीमा साना दलले चयन गरे दलको नेता, ठूला दल परे पछाडि

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा आशिषकुमार चौधरीलाई चयन गरेको छ । पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले संसदीय दलको बैठकले रूपन्देही १ (१) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको बताए ।

बैठकबाट सचेतकमा बाँकेकी मीनाकुमार श्रेष्ठ चयन भएकी छन् । लुम्बिनीमा राप्रपाका प्रत्यक्ष २ र समानुपातिक २ गरी ४ सांसद छन् ।

यसअघि जनमत, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्तिले दलको नेता चयन गरिसकेका छन् । ठूला दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रले भने दलको नेता चयन गर्न बाँकी छ ।

८७ सदस्यीय प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व छ । प्रदेशसभाले नवनिर्वाचित सांसदहरुको पुस १६ गते शपथको तयारी गरेको छ । त्यस्तै पुस १८ गते स्थायी राजधानी देउखुरीमा अधिवेशन आव्हान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर