मधेस प्रदेशको पहिलो अधिवेशन पुस १८ गते – Nepal Press

मधेस प्रदेशको पहिलो अधिवेशन पुस १८ गते

जनकपुरधाम । मधेस प्रदेशको पहिलो अधिवेशन पुस १८ गते सोमबार आह्वान भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पहिलो अधिवेशन पुस १८ गते सोमबार आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका हुन् । पहिलो अधिवेशन आह्वानको सिफारिस पत्र मुख्यमन्त्री राउतले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

मधेस प्रदेशका ज्येष्ठ सदस्य गोबिन्द्र बहादुर न्यौपानलेलाई आज प्रदेश प्रमुख मिश्रले पद तथा गोपनियताको शपथ खुवाएका छन् । न्यौपानेले भोलि अन्य १०६ साँसदलाई शपथग्रहरण गराउने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर